Thaha

Monday 13 May - 5:24 pm NST

रसियन एयरलाइन्सको जहाज दुर्घटना,  चालक दलका ७ सदस्यसहित २ सय १७  सवार

काठमाडौं, १४ कार्तिक । इजिप्टबाट रसियाका लागि उडेको  रसियन एयरलाइन्सको जहाज दुर्घटना भएको छ । इजिप्टको शर्म–अल–शेखबाट रुसको सेन्ट पिटर्सबर्गतर्फ गइरहेको जहाज  सिनाई प्रायद्धिपमा दुर्घटना भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । ए–३२१ जहाज दुर्घटनामा परेको इजिप्टको प्रधानमन्त्री कार्यालयले पुष्टि गरेको छ । 

रुसको नागरिक उड्डयन संस्था रामावियत्सियाका अनुसार जहाज मस्कोको समय अनुसार विहान ६ बजेर ५१ मिनेटमा उडेको थियो । १२ वजेर १० मिनेटमा पिटर्सवर्ग अवतरण गर्नु पर्ने जहाजको उडेको ३० मिनेटमा सर्पक टुटेको थियो ।  जहाजमा चालक दलका ७ सदस्य  सहित २ सय १७  जना यात्रु सवार थिए  । जहाजमा अधिंकाश रसियन पर्यटक रहेका बिबिसीले जनाएको छ । यात्रुको अवस्थाबारे भने केही जानकारी दिईएको छैन ।